नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

कार्यलय प्रमुखज्यूबाट सम्बोधन

२०६१।०४।०१ मा कार्यालयको स्थापना भएको हो । भेटेरिनरी औषधी, जैविक पदार्थ, खाद्य योगशिल वा वृद्धिवर्दक पदार्थहरुको गुणस्तर कायम गर्ने , पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धि ऐन, नियमहरुको प्रभावकारी कार्यान्वयन गर्ने , गुणस्तरसंग सम्बन्धित नीति, रणनीति, मापदण्ड तयार गर्ने तथा स्विकृत मापदण्ड अनुरुप कार्य भए नभएकोनिरीक्षण, सुपरीवेक्षण गर्ने जस्ता उद्देश्य बोकेको यस संस्थाको कामहरु छिटोछरितो, दिगो भरपर्दो, स्पष्ट र पारदर्शी बनाउन हामी सदैब प्रतिबद्ध रहेको कुरा यहाँहरुमा  जानकारी गराउन चाहन्छु। आगामी दिनमा यस कार्यालयले पशु चिकित्सासंग सम्बन्धित सबै किसिमका भेटेरिनरी औषधी, जैविक पदार्थ, एन्टीजन, सिरम, डाएग्नोष्टिक,तथा पशुजन्य पदार्थ  आदिको गुणस्तर परीक्षण, निरीक्षण, अनुगमन लाई प्रभाबकारी ढंगले आगाडी बढाइने कुरा सहर्ष जानकारी गराउद छु । नेपाल विश्व व्यापार संगठनको सदस्य भै सकेको हुँदा यस कार्यालयको दीर्घकालीन प्रमुख उद्देश्य सदस्य राष्ट्रका हैसियतले Agreement on Sanitary and phytosanitary (SPS) measures    को प्रावधान अनुसार पशु सेवा तथा उत्पादनको स्तर विश्व व्यापार संघ (WTO र विश्व पशु स्वास्थ्य संगठन (OIE) जस्ता अन्तरराष्ट्रिय संघ संस्थाहरू द्धारा निर्धारीत मापदण्ड अनुरुप बनाउनु हो ।