नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

कार्यालयको उद्देश्य

  • यस भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला, बुढानिलकण्ठ, काठमाण्डौंका उद्देश्यहरू देहाय वमोजिम रहेका छन ः
    • भेटेरिनरी औषधी¸ जैविकपदार्थ¸ निसंक्रामक, तथा पशु जन्य पदार्थ को  गुणस्तर कायम गर्ने ।
    • एन्टिमाइक्रोबियलको उपयोग ( Antimicrobial Use) सम्बन्धि सर्भे¸ सर्भिलेन्स गरी सो को तथ्याङ्क अद्यावधिक गर्ने ।
    • भेटेरिनरी गुणस्तरसँग सम्बन्धीत नीति, रणनीति, निर्देशिका, मापदण्ड¸SOP तयार गर्ने वा परिमार्जन गर्ने तथा कार्यान्वयन गर्ने, गराउने । 
    • भेटेरिनरी औषधी, जैविक पदार्थहरुको आयात निर्यात तथा उपयोग निर्धारण मापदण्ड अनुरुप भए नभएको नियमन तथा अनुगमन गर्ने ।
    • पशु स्वास्थ्य तथा पशु सेवा ऐन¸२०५५ को दफा १७, १८ र १९ बमोजिम सिफारिस तथा अनुमति प्रदान गर्नको लागि पशु सेवा विभागको सचिवालयको रुपमा काम गर्ने ।