नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

परिचय

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला (भे.गु. तथा औ.नि.प्र.), बुढानीलकण्ठ, काठमाण्डौको वेब साइटमा यहाँहरुलाई हार्दिक स्वागत छ । नेपाल सरकारको शासकीय सुधार कार्यक्रम अन्तरगत सरकारले दातृसंस्था, एसियाली विकास बैङ्कसंग जाहेर गरेको प्रतिबद्धता अनुसार मौजुदा संगठन संरचनालाई परिमार्जन गर्ने सम्बन्धमा नेपाल सरकार (म.प.) को मिति २०६०।८।४ को निर्णयबाट संरचनामा परिवर्तन गर्ने भन्ने उल्लेख भएको हुदा सोही शिलशिलामा सामान्य प्रशासन मंत्रालयबाट मिति २०६०।१२।२३ मा संगठन संरचना र दरबन्दी स्विकृत भई यो कार्यालय स्थापना तथा संचालन भएको हो । यस कार्यालयको दीर्घकालीन प्रमुख उद्देश्य नेपाल विश्व व्यापार संगठनको सदस्य भै सकेको हुदा सदस्यता पश्चातAgreement on sanitary and Phytosanitary  measuresको प्रावधान अनुसार सेवा तथा उत्पादनको स्तर Office International Des Epizootes(OIE) जस्ता अन्तरराष्ट्रिय संघ संस्थाहरु द्धारा निर्धारीत मापदण्ड अनुरुप बनाउनु हो ।

यसका अतिरिक्त यस कार्यालयले पशु चिकित्सासंग सम्बन्धित सबै किसिमका भेटेरिनरी औषधी, जैविक पदार्थ, एन्टीजन, सिरम, डाएग्नोष्टिक, खाद्य योगशिल वा वृद्धिवर्दक पदार्थ आदिको गुणस्तर परीक्षण, निरीक्षण, अनुगमन समेत गर्नुपर्ने र सो का लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा २५ बमोजिम नियुक्त भएका भेटेरिनरी निरीक्षकले जिल्ला जिल्लामा गर्नुपर्ने वा गरेका पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम १९ भेटेरिनरी निरीक्षकको काम, कर्तव्य, अधिकारको देहायका खण्ड (क), (ख) र (ग) मा उल्लेख भए बमोजिम कार्यहरुको समेत निरीक्षण, अनुगमन् तथा उनीहरुबाट प्रेषित पशु औषधी, जैविक पदार्थ आदिको परीक्षण समेत गर्नु गराउनु पर्ने भएको हुदा यो भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालयको कार्यविधि, २०६३ तयार गरिएको छ ।