नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

सेवाहरु

नेपाल विश्व पशु स्वास्थ्य संगठन ९इक्ष्भ्० र विश्व व्यापार संगठन ९ध्त्इ० को सदस्यता लिएको अवस्थामा, सदस्य राष्ट्रले पालना गर्नु पर्ने शर्तहरु मध्ये आफ्नो कार्यक्षेत्र अन्तरगत आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका, मापदण्ड अनिवार्य रुपमा लागु गर्नु पर्ने हुन्छ । नेपालको वर्तमान संघीय संरचना वमोजिम वि.स.२०७५÷०३÷३२ को निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहने गरी साविक भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यलयको नाम भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालामा रुपान्तरण भई साविकको कार्यालयबाट सम्पादन भै रहेको जिम्मेवारी वहन गर्दै आएको छ  । हालको मौजुदा साधन श्रोत र स्थापित भएका न्यूनतम पूर्वाधार तथा कार्यरत कर्मचारीहरुको अथक प्रयासबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसारको जिम्मेवारी सम्पन्न गरिदै आएको छ ।१. भेटेरिनरी गुणस्तर प्रयोगशाला शाखाः

क) आयातित वा स्वदेशमा उत्पादन हुने भेटेरिनरी औषधी, जैविकी पदार्थ, एन्टीजन, सिरम, डाएग्नोष्टिक, खाद्य योगशिल वा वृद्धिवर्दक            लगायतका औषधीजन्य पदार्थ आदिको गुणस्तर परीक्षण तथा विश्लेषण गर्ने ।
ख) गुणस्तर कायम गर्न प्रोटोकल तयार गरी लागू गर्ने ।
ग) भेटेरिनरी गुणस्तर नियमन सम्बन्धी कार्य योजना तयार गरी कार्यान्वयन गर्ने ।
घ) प्रचलित ऐन, नियमको पालना गर्न ÷ गराउन आवश्यक प्राविधिक सहयोग पु¥याउने ।
ङ) पशुपंक्षी तथा पशुजन्य उत्पादन र पशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी, खोप र डायग्नोष्टिक तथा वायोलोजिकल्स जस्ता उत्पादन सामग्रीहरुको गुणस्तर कायम राख्न मापदण्ड तयार गर्ने ।

२. औषधी व्यवस्थापन शाखाः

क) भेटेरिनरी औषधी, जैविक पदार्थ, खाद्य योगशिल वा वृद्धिवर्धक पदार्थहरुको आयात, निर्यात तथा उपभोग सम्बन्धी नीति तर्जुमा गर्ने ।
ख) पशुपंक्षीको रोगको निदान, उपचार वा रोकथाम गर्न, शारिरीक वनावट वा प्रकृयालाई असर गर्न प्रयोग गरिने पशु औषधी, जैविक पदार्थ, खाद्य योगशिल वा वृद्धिवर्धक पदार्थ उपादन गर्ने उद्योगहरु र त्यसका उत्पादनहरुको नियमन गर्ने ।
ग) बूँदा (ख) मा उल्लेख गरिएका पदार्थहरुको मापदण्ड अनुरुप भए नभएको नियमन तथा अनुगमन गर्ने ।
घ) भेटेरिनरी औषधी, जैविक पदार्थ, खाद्य योगशिल वा वृद्धिवर्धक पदार्थहरुको उत्पादन, विक्री वितरण, आयात निर्यात, नियमन गर्न सिफारीस तथा अनुमति पत्र प्रदान गर्ने ।
३. सांगठनिक संरचना र व्यवस्थापनः

भेटेरिनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यालयको व्यवस्थापन र अन्य कार्यालयका कामहरुको मुख्य जिम्मेवारी प्रमुख पशु चिकित्सको हुनेछ । प्रमुख पशु चिकित्सकलाई कार्यालयमा कार्यरत अन्य अधिकृतहरु र प्राविधिक सहायकहरुले सहयोग गर्नेछन् । सांगठनिक संरचना अर्को पेजमा उल्लेख छ ।

नोटस्

१. यस कार्यालयमा लेखा फाँट र प्रशासन फाँट रहनुको साथै औषधी व्यवस्थापन शाखा अन्तरगत कोडिङ र डिकोडिङ इकाई र नमुूना पंजिकरण इकाई रहनेछन् ।
२. सम्बन्धित फाँट÷इकाईहरु ग्उ(तय(मबतभ रेकर्ड र रिपोर्ट कायम गर्न जिम्मेवार हुनेछन् ।
३.केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, केन्द्रिय जैविकी उत्पादन प्रयोगशाला, रेविज भ्याक्सिन उत्पादन प्रयोगशाला आदि कार्यालयहरुबाट नमूना परीक्षणको प्रकृति र तरीका अनुसार आवश्यक परेको कुनै पनि समयमा बिना रोकतोक प्राविधिक सहयोग उपलब्ध गराईने छ ।