नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

लकडाउनको समयमा इमेलबाट आयात निर्यात सेवा सुबिधा प्रदान गरिने बारे ।

अत्यन्त जरुरी सुचना

 पशु सेवा विभागको प्राविधिक समितिको निर्देशनमा तपशिलका शर्त कार्यान्वयन गर्ने गरि सिफारिस तथा अनुमतिका लागि यस कार्यालयमा सिधै वा इमेल मार्फत तपपशिल वमोजिमका आवश्यक सम्पूर्ण कागजात सहित रीतपूर्वक प्राप्त निवेदनहरुको अध्ययन गरी रीतपूर्वक प्राप्त निवेदकलाई इमेलबाट समेत सिफारिस तथा अनुमति पत्र प्रदान गर्न सकिने हुदा तपसिलमा उल्लेखित आवस्यक कागजातहरु यस कार्यालयको इमेलमा पठाई सेवा लिन सकिने व्यहोरा जानकारी गराईन्छ ।

तपसिल

१. निवेदन अनुसारका आवश्यक सम्पूर्ण कागजातहरु 

२.  प्यारेन्ट चल्ला खरिदका लागी अनुसूचि ६ बमोजिमको निवेदन तथा इन्भ्वाइस (Invoice) पत्र  / एक दिने चल्ला विक्री वितरण लागी अनुसूचि ८ बमोजिमको निवेदन ।

३.भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस सहित व्यावसायिक पन्छी फार्म तथा ह्याचरी संचालन निर्देशिका २०७१ को अनुसूचि ५ बमोजिमको सिफारिस ।

४. उद्योग तथा कम्पनि दार्ता प्रमाण पत्र ।

५.प्यान । भ्याट दर्ता प्रमाण पत्र ।

६. कर चुक्ता प्रमाण पत्र ।

७. राजस्व तिरेको भौचर (राजश्व तिर्ने भौचरको नमूना अर्को सूचनामा छ ।)

नोट: 

१ निवेदनको ढाँचा डाउनलोड (Downloads) मा समेत छ ।

२ राजश्व रु ३०० बै‌क भौचर बाट बुझाउन प्रोत्साहन गरिएको छ ।  निवेदनमा राजश्व रु ३०० तिरेको बै‌क भौचर न वा राजश्व बुझाएको रसिद न र मिति उल्लेख गर्नु पर्दछ ।

३ पशु सेवा विभागले स्विकृत गरि लागु भएको " कोभिड - १९ रोगको सन्दर्भमा पशु पशुजन्य तथा पशु उत्पादन सामाग्रीको आयात तथा आन्तरिक ओसारपसार गर्दा अपनाइने Standard Operating Procedure (SOP) -  २०७७" को शर्तहरु पालना गर्नु पर्दछ ।

४  इमेलमा पत्राचार गर्दा Email को Subject मा Hatchery वा Trader को नाम र उद्धेश्य प्रष्टसँग खुलाउनु पर्नेछ  तथा आवश्यक सम्पुर्ण कागजात पुरा भएपछि पत्राचार गर्नु हुन अनुरोध छ ।माथि उल्लेखित सम्पुर्ण कागजातहरु तयार भए पछि मात्र स्क्यान गरि सकभर एउटै  document मा यस कार्यालयको इमेल vsdrlktm@gmail.com मा पठाउन सकिने छ ।

५  इमेलमा पत्राचार गर्दा Email को Subject मा Hatchery वा Trader को नाम र उद्धेश्य प्रष्टसँग खुलाउनु पर्नेछ  तथा आवश्यक सम्पुर्ण कागजात पुरा भएपछि पत्राचार गर्नु हुन अनुरोध छ ।

६ नेपाल सरकारले वर्तमन अवस्थामा देशैभरि लकडाउन गरेकोले नेपाल अधिराज्यमा कोभिड १९ बाट सामान्य अवस्था भएपछि आफ्ना सम्पूर्ण सक्कल कागजात यस कार्यालयमा पेश गर्नु पर्नेछ ।

७ इमेलबाट अनुमति वा सिफारिस पत्र प्राप्त भए पछि पत्रको व्यवहोरा ठिक भए नभएको र पत्र प्राप्त भएको जानकारी (Response)  गर्नु हुन अनुरोध छ ।

८ आयात सिफारिस पत्र इमेलबाट वा कार्यालयमा बुझि लिने समयमा सिफारिस पत्र पाए पछि मात्र बैंकमा प्रतित पत्र खोलिने सम्बन्धि स्वघोषणा पत्र पेश गर्नु पर्नेछ ।   

     थप जानकारीका लागि यस कार्यालयको वेभसाइट www.vsdrl.gov.np मा हेर्न हुन वा कार्यालयका कार्यालय प्रमुख प्रमुख पशु चिकित्सक डा. राम नन्दन तिवारी मोवाइल नं ९८५१२ ४६८३३ वा सूचना अधिकारी पशु चिकित्सक डा.नविन उपाध्याय मोवाइल नं ९८५२०३१७१० लाई सम्पर्क गर्न सक्नु हुने छ ।